रवि लामिछानेका दाजु हरिशरण काठमाडौँ मेयरमा उम्मेदवार बन्ने संकेत
मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सम्झौतालाई सकारात्मक रूपमा लिँदै रवि लामिछानेका दाजु, रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले दुई भाइबीच भएको सहमतिप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँको भावी मेयर पदमा आफू ‘स्वतन्त्र उम्मेदवार’ का रूपमा अघि बढ्ने प्रबल सम्भावना रहेको जानकारी गराएका हुन् ।
रेडियो नेपालबाट सेवानिवृत्त हरिशरण लामिछाने भदौमा भएको जेन–जी आन्दोलनका क्रममा चर्चामा आएका थिए । सो क्रममा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी करिब १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारणमा हस्तक्षेप गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस