Techie IT
२०८३ मंसिर ७, आइतबार

धारिलो हतियार देखाई मोबाइल लुट्ने तीन जना पक्राउ


लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हाल काठमाडौंको कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कलंकीमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई धाकधम्की दिँदै बिहीबार बिहान मोबाइल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूलाई कलंकीबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट