रवि–बालेन सहमतिविरुद्ध हर्क साम्पाङ आक्रामक: जनतामा जान नसक्नेले प्रधानमन्त्रीको सपना देखे
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिको कडा विरोध गरेका छन् ।
आइतबार बिहान करिब आधा घण्टाको अन्तरालमा फेसबुकमा दुईवटा स्टाटस लेख्दै साम्पाङले रवि र बालेनबीच भएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बालेनप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ।’
आफ्नो अर्को स्टाटसमा साम्पाङ अझ आक्रामक रूपमा प्रस्तुत हुँदै लेख्छन्, ‘फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’
उनका यी अभिव्यक्तिपछि रवि–बालेन सहमतिलाई लिएर सामाजिक सञ्जालमा थप बहस र प्रतिक्रिया सुरु भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस