पूर्वगृहमन्त्री लेखकले जाँचबुझ आयोगमा भोली बयान दिने
पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार बयान दिने भएका छन्।
आयोगको कार्यालयमा घटनाबारे जानकारी गराउन लेखक सोमबार बिहान ११ बजे उपस्थित हुने उनको सचिवालयले जनाएको छ। साथै, भोली नै दिउँसो ४ बजे उनले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ।
यसअघि आयोगले लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस