Techie IT
२०८३ असार २३, मंगलबार

मानवअधिकार आयोगमा ओलीले दिए साढे दुई घण्टा लामो बयान


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन्।

आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टासम्म बयान लिएको जानकारी दिएकी हुन् । ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आयोगको कार्यालयमै उपस्थित भएर आज बयान दिनुभयो,’ थापाले भनिन्, ‘उहाँ अढाइ घण्टासम्म बसेर बयान दिएर जानुभयो।’

थापाका अनुसार ओलीसँग गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यकारी प्रमुख तथा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतमा उनले निर्वाह गरेको भूमिका र गरेका कामकारबाहीबारे केन्द्रित रहेर प्रश्नोत्तर गरिएको थियो।

‘कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको नाताले जेनजी आन्दोलनका बेला आफूले कस्तो भूमिका निभाउनुभयो भन्नेमा आधारित प्रश्नहरूको जवाफ दिनुभयो,’ उनले भनिन्, ‘आयोगले तयार पारेका ३५ वटै प्रश्नको उहाँले उत्तर दिनुभयो।’

कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतमा गर्नुपर्ने काम, कर्तव्य र भूमिकाबारे दिउँसो ४ बजेदेखि साँझ ६ः३० बजेसम्म बयान लिइएको थापाले बताइन्।

यसैबीच, ओलीले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष पनि आजै लिखित बयान दिएका छन्। बयानका लागि आयोगको टोली ओलीकै निवास गुण्डु पुगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट