Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

बालेन बने रास्वपाको वरिष्ठ नेता


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बनाएको छ।

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै पार्टीको दोस्रो वरीयतामा वरिष्ठ नेताको जिम्मेवारी दिएको हो। बालेनको टिमबाट २६ जनालाई पनि केन्द्रीय सदस्यको रूपमा मनोनीत गरिएको छ।

बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल, र सचिवालय सदस्यमा भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल नियुक्त भएका छन्।

अन्य केन्द्रीय सदस्यहरू
लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउद ।

अब सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहेका नेताका रूपमा रहनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट