कांग्रेस विशेष महाधिवेशनमा २६६२ प्रतिनिधिको हस्ताक्षर, सहभागिता ५६ प्रतिशत नाघ्यो
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन हालसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट जानकारी दिँदै युवराज पाण्डेयले प्रदेशगत रूपमा हस्ताक्षर गर्ने प्रतिनिधिको विवरण सार्वजनिक गरेका छन्। उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६ र बागमती प्रदेशबाट ४३२ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
त्यसैगरी गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन्। उपत्यकाबाट १७८ जना तथा भातृ संगठन, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधिले सहभागिता जनाएका छन्।
कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा हालसम्मको हस्ताक्षर सहभागिता ५६ प्रतिशतभन्दा बढी पुगेको सचिवालयले जनाएको छ।
पाण्डेयका अनुसार हस्ताक्षर तथा दर्ता प्रक्रिया भोलि बिहानबाट पुनः सुरु हुनेछ।




तपाईको प्रतिक्रिया दिनुहोस