Techie IT
२०८२ पौष २८, सोमबार

माघ ४ गते मेयर पद त्याग्दै बालेन, कता बाट शुरु गर्दैछन् चुनावी अभियान?


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते पदबाट राजीनामा दिने बताएका छन्। पार्टी निकट नेताहरूसँग ज्वागलमा आज भएको छलफलमा उनले सबै औपचारिक काम सकेर सोही दिन राजीनामा दिएर सक्रिय राजनीतिमा होमिने स्पष्ट पारेका हुन्।

छलफलमा सहभागी सुरेन्द्र चौधरी, लक्ष्मण थारु, करिस्मा कठरिया, कृष्ण न्यौपानेलगायतलाई बालेनले माघ ४ गते नै राजीनामा बुझाउने जानकारी गराएका थिए। ‘काठमाडौंको काम सकाएर ४ गते राजीनामा दिन्छु, तपाईंहरू पनि काठमाडौं छोडेर जिल्लामा जानुहोस्,’ बालेनको भनाइ उद्धृत गर्दै सहभागीहरूले बताएका छन्। उनले चुनावी अभियान सुदूरपश्चिमबाटै सुरु गर्नुपर्ने धारणा पनि राखेका थिए।

यस विषयमा बालेनले सामाजिक सञ्जालमार्फत समेत संकेत गरिसकेका छन्। रास्वपाका नेता सुरेन्द्र चौधरीका अनुसार बालेनले मनोनयनपछि देशव्यापी दौडाहामा निस्कने तयारी गरिरहेका छन्। ‘मेयर पदमा रहुन्जेल चुनावी गतिविधिमा सहभागी हुँदिन, राजीनामा दिएपछि मात्रै अभियानमा निस्किन्छु भन्ने उहाँको स्पष्ट भनाइ छ,’ चौधरीले भने।

कञ्चनपुरको थारु बस्तीबाट अभियान सुरु गर्ने चर्चा भइरहँदा, अर्कोतर्फ राजीनामा दिएपछि बालेन पहिलो चुनावी प्रचारका लागि झापा पुग्ने पनि बताइएको छ । रास्वपाका नेताहरूले बालेनलाई झापा–५ बाट उम्मेदवारी दिन दबाब दिइरहेका छन्।
‘हामीले झापा–५ को अवस्था अध्ययन र सर्वेक्षण गरिसकेका छौं। त्यहाँ बालेनप्रति व्यापक समर्थन देखिएको छ,’ रास्वपाका एक नेताले भने ।

आज रास्वपा झापाका अध्यक्षसहितको भेटमा पनि बालेनलाई झापा–५ बाटै चुनाव लड्न आग्रह गरिएको थियो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट