Techie IT
२०८२ माघ २, शुक्रबार

एमाले सँग चुनावी तालमेल गर्दै प्रभाकर


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्माले नेकपा (एमाले)सँग चुनावी तालमेलको गृहकार्य थालेका छन्। केही दिनअघि मात्र शर्माले भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन्।

ओलीको सचिवालयका अनुसार भेटमा आसन्न निर्वाचन र सम्भावित चुनावी तालमेलका विषयमा छलफल भएको थियो। उनका अनुसार ओलीले पनि परिस्थितिअनुसार तालमेल गरेर अघि बढ्न सकिने संकेत गरेका छन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता शर्मा पार्टीबाट अलग भएर प्रलोपा अभियान सुरु गरेका थिए। त्यसपछि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार, तथा माओवादी केन्द्र त्यागेका सुदन किराँतीलगायत नेताहरूको सहभागितामा प्रलोपा गठन भएको हो।

प्रलोपाको निर्वाचन परिचालन तथा वार्ता–संवाद समिति संयोजकसमेत रहेका शर्माले आगामी निर्वाचनमा एमालेको साथ खोजेका छन्। शर्मा रुकुम पश्चिमबाट निरन्तर चुनाव लड्दै आएका नेता हुन्।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरिसकेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट