Techie IT
२०८२ माघ ४, आइतबार

राष्ट्रियसभाको १९औँ अधिवेशन माघ ४ देखि


राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारबाट सञ्चालन गरिनेछ।

अधिवेशनको तयारीका लागि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्। यसअघि गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीसमेत अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट