Techie IT
२०८३ असार ८, सोमबार

हिमाली जिल्लामा कांग्रेसको उम्मेदवार आजै टुंग्याइने


नेपाली कांग्रेसले हिमाली जिल्लाहरूका लागि प्रतिनिधिसभा उम्मेदवार आज बेलुकीसम्म टुंगो लगाउने भएको छ। पार्टीले केही दिनदेखि संसदीय बोर्ड बैठकमार्फत उम्मेदवारका आकांक्षीहरूबारे गहन छलफल गर्दै आएको छ।

सभापति गगन थापासहित १३ जना पदाधिकारी सदस्य रहेको संसदीय बोर्ड गठन भइसकेको छ। पछिल्ला दुई दिनदेखि बोर्ड बैठकमा पार्टीका तल्ला निकायबाट सिफारिस भई आएका उम्मेदवारहरूको नाममाथि छलफल भइरहेको छ।

प्रतिनिधिसभा क्षेत्र, जिल्ला तथा प्रदेश समितिबाट आएका उम्मेदवार आकांक्षीहरूको नाम पार्टी केन्द्रमा प्राप्त भइसकेको छ। ती नामहरूको आधारमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट