Techie IT
२०८३ असार ८, सोमबार

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक


निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गर्दै आयोगको वेबसाइटमा राखेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पेस भएका बन्दसूचीहरू प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम सार्वजनिक गरिएको निर्वाचन आयोगले जनाएको छ।

सार्वजनिक विवरणअनुसार ५७ वटा निर्वाचन चिह्नअन्तर्गत ६३ राजनीतिक दलले पेस गरेका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न चाहने मतदाताले उजुरी दिन सक्नेछन्।

उनका अनुसार माघ ५ गतेदेखि माघ १० गतेसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन आयोगअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट