Techie IT
२०८२ माघ ५, सोमबार

वरिष्ठ पत्रकार बुढाथोकी राप्रपाको समानुपातिक उम्मेदवार, भोलि पार्टी प्रवेश गर्दै


वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ अपाङ्गता क्लस्टरबाट पहिलो नम्बरमा राखेर उम्मेदवारका रूपमा अघि सारेको छ।

पार्टी नेतृ खुश्बु ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी सार्वजनिक गरेकी हुन्। उनले तीन दशकदेखि अर्थतन्त्रका विविध पक्षमाथि गहिरो अध्ययन र विश्लेषण गर्दै आएका बुढाथोकीले आर्थिक सुशासनका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्ने स्पष्ट प्रतिबद्धता राखेको उल्लेख गरेकी छन्।

उनले देशमा करिब २० लाख अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कल्याण गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै त्यसका लागि वैधानिक र संस्थागत रूपमा संघर्ष गर्ने दृढ अठोट बुढाथोकीले लिएको बताएकी छन्।

Mission Accessible Nepal का अभियन्ता, taksarnews.com तथा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादकसमेत रहेका बुढाथोकी Developing Asia Journalism Award, National Journalism Award र INJA Investigative Award जस्ता प्रतिष्ठित पत्रकारिता सम्मानबाट पुरस्कृत भइसकेका छन्।

नेतृ ओलीले समानुपातिक अपाङ्गता कोटाबाट गजेन्द्र बुढाथोकीलाई पहिलो नम्बरमा राख्नु पार्टीको दूरदृष्टि, संवेदनशीलता र सही निर्णयको प्रमाण भएको बताउँदै योग्यता, प्रतिबद्धता र मुद्दाको स्पष्टताका आधारमा गरिएको यो निर्णयलाई आफूले खुलेर स्वागत गर्ने उल्लेख गरेकी छन्।

उनका अनुसार भोलि बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा अधिवक्ता स्वागत नेपालसँगै वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई औपचारिक रूपमा स्वागत गरिने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट