Techie IT
२०८२ माघ ८, बिहीबार

आफ्नो खुसीले भोट दिनुहोस्, भोट माग्ने कुरा मेरो मुखबाट आउँदैन - महावीर पुन


प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घरदैलो अभियान सुरु गरेका छन्। मन्त्री पदबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा होमिएका पुनले बुधबार बिहानदेखि घरदैलो अभियान थालेका हुन्। अभियानको पहिलो दिन उनले धवलागिरी गाउँपालिकालगायतका विभिन्न स्थानमा मतदातासँग भेटघाट गरे।

घरदैलोको सुरुआती दिन पुनले भोट माग्नुभन्दा आफू ‘किन चुनावमा उठेँ’ भन्ने विषयमा मतदातालाई जानकारी गराएको बताए। उनले सरकारमा रहँदा शैक्षिक क्षेत्र सुधारका लागि अध्यादेश ल्याउने प्रयास गरेको तर सफल हुन नसकेपछि बाध्य भएर निर्वाचनमा होमिनुपरेको स्पष्ट पारे।

मन्त्री बनेपछि देशभरका विद्यालय र विश्वविद्यालयका समस्या नजिकबाट देखेको उल्लेख गर्दै पुनले ती समस्या समाधानका लागि अध्यादेश र नियमावली ल्याउन खोजेको बताए। तर सर्वत्र असहयोगका कारण अध्यादेश राष्ट्रपतिसम्म पुर्‍याउन नसकिएको उनको भनाइ छ।

निर्वाचन आचारसंहिता लागु हुने दिनसम्म पनि प्रयास जारी राखे पनि अध्यादेश अघि बढाउन नसकेपछि ५ पुसमा राजीनामा दिएको उनले जानकारी दिए।

यद्यपि, उनले मतदातालाई जबर्जस्ती भोट नमाग्ने स्पष्ट पारेका छन् । ‘आफ्नो खुसीले भोट दिनुहोस्। भोट माग्ने कुरा मुखबाट आउँदैन, इच्छा लाग्यो भने दिनुहोस्,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट