Techie IT
२०८२ माघ १०, शनिबार

निर्वाचनमा रगत बग्न नदिने प्रधानमन्त्री कार्कीको संकल्प


 शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकार पूर्ण शक्ति प्रयोग गरिरहेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौतीहरू समयअनुसार परिवर्तन हुँदै गइरहेको उल्लेख गरिन्। विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उनले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गर्दै उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिइन्।

उनले निर्वाचनका लागि सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिँदै निर्वाचनमा एक थोपा पनि रगत नबग्ने र कोही पनि घाइते नहुने गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “सुरक्षा चुनौतीहरू समयसँगै बदलिँदै गएका छन्। विगतका निर्वाचनमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका प्रशंसनीय छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्भावित जोखिमको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ काम गर्न म निर्देशन दिन चाहन्छु।”

उनले निर्वाचन सफल बनाउन सबै सुरक्षा निकायले उच्चस्तरीय व्यावसायिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट