Techie IT
२०८२ माघ १०, शनिबार

देश अझै संकटमै छ, दुर्घटना टरेको छैन, एमालेले नेकपा सँग पार्टी एकता गर्नुपर्छ - प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अझै संकटमा रहेको भन्दै सम्भावित दुर्घटना टरिन नसकेको चेतावनी दिएका छन्।

एमाले ओखलढुङ्गा कमिटीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले अब अरूको मुख ताकेर बस्ने समय नभएको बताए।

उनले भने, “दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन। बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने फेरि पनि दुर्घटना हुन सक्छ। देशलाई फेरि अर्को खाल्टोमा जान नदिन हामीले जिम्मेवारी लिएका छौँ। त्यसैले वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाउँमा ल्याएका छौँ।”

प्रचण्डले लाखौँ जनता नेकपामा समाहित भइसकेको दाबी गरेका थिए । जेनजी पुस्ताले पनि आफ्ना एजेन्डा पूरा गर्न सक्ने दल नेकपा नै रहेको बुझ्न थालेको उनको भनाइ छ।

उनले एमालेभित्र रहेका देशभक्त र वामपन्थी शक्तिहरूलाई पनि नेकपामा समाहित हुने बाटो ओखलढुङ्गाले खोलिसकेको बताए।

एमालेलाई कुनै भ्रममा नपरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आह्वान गर्दै उनले लोकतन्त्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट