Techie IT
२०८३ भाद्र १३, शनिबार

काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालन, अलपत्र सवारीसाधन गन्तव्यतर्फ पठाइदै


रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार आएको बाढीले सडकमा थुपारेको लेदो, माटो तथा गेग्रान पन्छाएपछि राजमार्ग दुईतर्फी रूपमा नै नियमित सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै बाटोमा अलपत्र परेका सयौँ सवारीसाधनहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। बाढीले सडकमा ठुलो मात्रामा लेदो थुपारेका कारण यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

मुख्य राजमार्गहरू खुल्ने क्रम जारी रहे पनि धादिङको बैरेनी बजार क्षेत्रमा भने सडक पूर्ण रूपमा सफा भइसकेको छैन। सो क्षेत्रमा करिब एक किलोमिटर सडक हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बाढी र पहिरोका कारण अवरुद्ध अन्य खण्डहरू पनि छिट्टै पूर्ण रूपमा सुचारु गर्नका लागि निरन्तर प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट