प्रधानमन्त्रीको आफ्नो मान्छे हुँ भन्दै ठगि गर्ने २ जना पक्राउ
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभन देखाएर अढाई करोड रुपैयाँभन्दा बढी ठगी गर्ने दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले पक्राउ गरेको छ।
नेपाल र इजरायल सरकारबीच भएको सम्झौताअनुसार केयर गिभरका रूपमा इजरायल जान सन् २०२४ मा लिइएको परीक्षामा सहभागी भई लक्की ड्रमा नाम नपरेका १५६ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने विश्वास दिलाउँदै उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम असुलेका थिए।
पीडितहरूको जाहेरीका आधारमा गत असोज १ गते पक्राउ परेका रामेछापका ५९ वर्षीय भरत चौलागाईं र दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटीविरुद्ध अहिले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस