अफगानिस्तानमा वीरगति प्राप्त गोर्खा सैनिकहरूको तस्वीर परिवारलाई हस्तान्तरण

पोखरा । अफगानिस्तान द्वन्द्वका क्रममा वीरगति प्राप्त १५ जना गोर्खा सैनिकसहित बेलायती सैनिकका तस्बिरहरू उनीहरूको नेपाली परिवारलाई एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ ।
सो समारोह पोखरास्थित गोर्खा संग्रहालयमा आयोजित गरिएको थियो । ती तस्वीरहरू बेलायतस्थित गोर्खा संग्रहालयमा प्रदर्शनीमा राखिएका थिए । बेलायती कलाकार तथा पूर्व सैनिक केभिन विल्सले अफगान युद्धमा ज्यान गुमाएका ४५७ जना बेलायती सैनिकहरूको चित्र बनाएका थिए, जसमा गोर्खा ब्रिगेडका १५ जना नेपाली सैनिकको पनि समावेश थियो ।
तस्वीर हस्तान्तरण कार्यक्रममा बेलायतका राजदूत रोब फेन, बृटिश गोर्खा नेपालका कमान्डर कर्नेल ड्यान डेक्स, गोर्खा संग्रहालय ट्रस्टका निर्देशक डा. डारेन बोयल, शहीद सैनिकका परिवार, पूर्व गोर्खा सैनिक तथा अन्य अतिथिहरूको उपस्थिति थियो ।
बेलायती संस्था ‘ब्रेभहर्ट्स क्यानभास’का सह-संस्थापक विल्स र बेंजामिन स्कल्ली विशेष रूपमा काठमाडौं आइपुगेका थिए । उनीहरूसँगै अफगान युद्धमा घाइते भएका भूतपूर्व गोर्खा सैनिक हरी बुढाथोकी पनि कार्यक्रममा सहभागी भएका थिए।
वीरगति प्राप्त गोर्खा तथा बेलायती सैनिकहरूको सूची:
लेस कर्नेल रोबर्ट्स
लेस जोश बोम्यान
लेफ्टिनेन्ट एडिडा ड्रिन्ड-धयाक्स्टन
लेफ्टिनेन्ट नील वर्किंगटन
सीएसएम कृष्णबहादुर थापा
कर्पोरल अनिल पुन
कर्पोरल कुमार पुन
लान्स कर्पोरल सिद्धान्त कुँवर
लान्स कर्पोरल गम्भीरबहादुर गुरुङ
राइफलम्यान सुदीप वलम्बु
राइफलम्यान बिपिन थापा
राइफलम्यान सुशील गुरुङ
राइफलम्यान युवराज थापा
राइफलम्यान रिचार्ड कुलुङ
स्यापर ईश्वर गुरुङ
तपाईको प्रतिक्रिया दिनुहोस