Techie IT
२०८३ भाद्र १८, बिहीबार

करण र ललितको घातक बलिङले मलेसिया १०१ रनमै अलआउट


एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा आयोजक मलेसियाले नेपालसामु १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०१ रनमै अलआउट भयो।

नेपाली बलरहरूको कसिलो आक्रमणसामू मलेसियाका ब्याट्सम्यानहरू टिक्न सकेनन्। कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ र श्याहदत रम्लीले १३ रन बनाए। यी बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै ४ विकेट चट्याए। यस्तै, ललित राजवंशीले २ तथा सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै शानदार शुरुआत गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट