यू-२० साफ च्याम्पियनसिप फुटबलका सहभागी टोलीहरू आउन थालेका छन्
नेपालमा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन माल्दिभ्सको टोली नेपाल आइसकेको छ । भुटान, श्रीलङ्का र भारतको टोली भोलि आउनेछन् । बङ्गलादेशको टोली भने शनिबार राति मात्र आउने तालिका छ ।
प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । नेपालले पहिलो खेल अगष्ट १८ गते श्रीलङ्कासँग खेल्नेछ । पाकिस्तान नखेल्ने भएपछि नेपालसहित श्रीलङ्का र बङ्गलादेश ‘ए’ समूहमा रहनेछन् । यस्तै भारत, माल्दिभ्स र भुटान ‘बी’ समूहमा छन् । भारत यस प्रतियोगिताको पूर्व विजेता तथा पाकिस्तान उपविजेता टोली हो ।



तपाईको प्रतिक्रिया दिनुहोस