इंग्लिस प्रिमियर लिग सुरु
इंग्लिस प्रिमियर लिग (इपिएल) म्यानचेस्टर युनाइटेड र फुलह्यामको खेलसँगै शुक्रबारदेखि सुरु भएको छ। यस सिजनमा २० क्लबहरू प्रतिस्पर्धा गर्दै च्याम्पियन बन्नेछन्। इपिएलको रोमाञ्चकता उपाधि जित्ने दौड र रेलिगेसनको संघर्षमा छ। साबिक विजेता म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्ने प्रयास गरिरहेको छ। आर्सनल, चेल्सी, लिभरपुल, टोटनह्याम, र म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन्। खेलाडी किनबेच सिजनमा शीर्ष १० भित्रका क्लबहरूले धेरै लगानी नगरेको भए पनि मध्यम क्लबहरूले खेलाडी भित्र्याउन राम्रो रकम खर्चेका छन्।
पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा फुलहमलाई आतिथ्यता गर्नेछ । म्यानचेस्टर सिटीले भने आइतबारको खेलमा खर्चालु चेल्सीको सामना गर्नेछ । यसैक्रममा सिटीको उपाधि रक्षाको अभियान सुरु हुनेछ । लिभरपुल भने शनिबार यसपल्ट बढुवा भएको इप्सविच टाउनको भ्रमणमा निस्कने छ ।
.jpg)
त्यस खेलमा सबैको ध्यान लिभरपुलका नयाँ प्रशिक्षक आर्ने स्लटमाथि हुनेछ । योर्गन क्लोपले छाडेयता उनको नेतृत्वमा लिभरपुलको यो पहिलो औपचारिक खेल हुनेछ । लिगको पहिलो सप्ताहन्तका खेल कस्तो हुनेछ त ? युनाइटेडले गत सिजन एफए कपको फाइनलमा सिटीलाई अविश्वसनीय ढंगले पराजित गरेको थियो । यो जित मे महिनामा निस्केको थियो । त्यसयता ओल्ड ट्राफोर्डमा धेरैथोक भइसकेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस