Techie IT
२०८२ भाद्र २, सोमबार

जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बजे, सुरू भयाे रूवावासी

त्यो आवाजले धेरैको आँखामा आँसु ल्यायो, सहर शोकमग्न बनायो। यो ध्वनि केवल धातुको घण्टीको मात्र थिएन


जापानको नागासाकी सहरको एक चर्चमा शनिबार दुईवटा घण्टी एकैसाथ गुञ्जिए — एउटा पुरानो, अर्को नयाँ। बिहान ठीक ११:०२ बजे घडीको सुईले समय छुँदा दुवै घण्टीको ध्वनि सँगै प्रतिध्वनित भयो।

त्यो आवाजले धेरैको आँखामा आँसु ल्यायो, सहर शोकमग्न बनायो। यो ध्वनि केवल धातुको घण्टीको मात्र थिएन, यो विगतका गहिरा घाउ निको पार्दै भविष्यतर्फ अघि बढ्ने सन्देश पनि थियो।

सन् १९४५ अगस्ट ९ मा बिहान ११:०२ बजे अमेरिकाले नागासाकीमा ‘फ्याट म्यान’ नामक परमाणु बम खसालेको थियो। यस आक्रमणमा ७४ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो र सहर सम्पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको थियो। चर्चको भव्य भवनसमेत भत्किएको थियो। त्यतिबेला मण्डलीका दुई घण्टीमध्ये एउटा भग्नावशेषभित्र दबिएर सधैंका लागि मौन भयो।

८० वर्षपछि, २०२५ अगस्ट ९ मा उराकामी क्याथेड्रलमा फेरि दुवै घण्टी एकैसाथ बजाए — पुरानो घण्टीसँगै यस वर्ष अमेरिकी चर्चको चन्दाबाट बनेको नयाँ घण्टी पनि। यो समय ठीक त्यही क्षण थियो जब ८० वर्षअघि परमाणु बम खसालिएको थियो। हिरोसिमामा ‘लिटिल ब्वाइ’ नामक बम खसालेको तीन दिनपछि भएको यस आक्रमणपछि, जापानले १९४५ अगस्ट १५ मा आत्मसमर्पण गर्दै दोस्रो विश्वयुद्धको अन्त्य गरेको थियो।

उक्त कार्यक्रममा धेरै प्रत्यक्षदर्शीहरू पनि उपस्थित थिए। ९३ वर्षीय हिरोशी निशिओका पनि तीमध्ये एक थिए। उनले सम्झिए — “त्यो दिन म घरको आँगनमा खेलिरहेको थिएँ। अचानक एकदमै तेज उज्यालो देखियो, त्यसपछि ठूलो विस्फोट भयो। केही क्षणमै सबै कुरा धुलो र चिल्लामा परिणत भयो।” विस्फोटको केन्द्रबाट मात्र तीन किलोमिटर टाढा रहेका निशिओका भन्छन्, “युद्ध त सकियो, तर मेरो मनमा परमाणु बमको आतंक अझै बाँकी छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट