एमालेका मनोनीत केन्द्रीय सदस्यलाई आज शपथ ग्रहण गराइँदै
नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा मनोनीत गरिएका १३ जना नेताहरूलाई आज सोमबार शपथ ग्रहण गराउने भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
हालै बसेको एमाले स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका १३ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। मनोनीत हुनेहरूमा भोजपुरकी सिर्जना राई, रुपन्देहीकी सावित्रा अर्याल, कञ्चनपुरकी इन्दु कडरिया विष्ट, नवलपुरकी सीता पङ्गेनी, पाल्पाकी सीता अधिकारी, कास्कीकी डा. पुष्पा केसी भण्डारी, सिरहाका धर्मनाथप्रसाद साह, तेह्रथुमका तेजमान कन्दङवा, ताप्लेजुङका टङ्क आङ्बोहाङ, रोल्पाका नवीन रोक्का, स्याङ्जाका मीनप्रसाद गुरुङ, दोलखाका डबल पाण्डे र रुपन्देहीका तेजेन्द्र केसी रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस