अमेरिका–इजरायल र इरान युद्ध १२औँ दिनमा: १४० अमेरिकी सैनिक घाइते, १३०० भन्दा बढीको मृत्यु दाबी
संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि आक्रमण सुरु गरेको युद्ध बुधबार १२औँ दिनमा प्रवेश गरेको छ।
यस युद्धमा अहिलेसम्म १४० अमेरिकी सैनिक घाइते भएका छन् भने सात सैनिकको मृत्यु भएको पुष्टि भएको छ।
उता इरानले आफ्नो देशमा भएका आक्रमणबाट करिब आठ हजार घरमा क्षति पुगेको जनाएको छ। साथै अहिलेसम्म भएका आक्रमणका कारण १३०० भन्दा बढी मानिसको ज्यान गएको इरानले दाबी गरेको छ।
संयुक्त राष्ट्रसंघ मा इरानका राजदूत अमिर सइ इरावानी का अनुसार देशभर करिब ९६०० नागरिक क्षेत्रलाई निशाना बनाइएको छ। तीमध्ये घरबाहेक बजार, अस्पताल, औषधि केन्द्र र विद्यालयसमेत रहेका छन्।
यसैबीच इरानले इजरायलका धेरै सहरमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इरानका अनुसार हाइफा, जेरुशेलम र तेल अवीव लाई निशाना बनाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस