Techie IT
२०८३ असोज १४, बुधबार

बागलुङ र म्याग्दीका बाढीपहिरो पीडित परिवारलाई १ लाख राहत दिइने


गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायतका जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई जनही रु. १ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। यसका साथै, मृतकका परिवारलाई किरिया खर्चबापत थप रु. २५ हजार प्रदान गरिने भएको छ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनका अनुसार सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बाढीपहिरोका कारण गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ।

बैठकले विपद्बाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने निर्णयसमेत गरेको मन्त्री शेरचनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट