Techie IT
२०८२ चैत्र ३, मंगलबार

इरान युद्धको असर: ट्रम्पको चीन भ्रमण एक महिनाका लागि स्थगित हुन सक्ने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो युद्ध तनावका कारण यसै महिनाको अन्त्यतिर हुने चीन भ्रमण करिब एक महिनाका लागि स्थगित गर्ने संकेत दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भ्रमण सार्ने विषयमा अनुरोध गरिएको जानकारी दिए। उनले भने, “हामीले यसलाई करिब एक महिनाका लागि सार्ने अनुरोध गरेका छौँ।” साथै, इरानसँगको द्वन्द्वका कारण आफ्नो उपस्थिती आवश्यक रहेको उनले स्पष्ट पारे।

ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीचको भेटघाट मार्च ३१ देखि अप्रिल २ सम्मका लागि तय गरिएको थियो। यी दुई नेताबीचको पछिल्लो प्रत्यक्ष भेट भने गत वर्ष अक्टोबरमा भएको थियो।

इरानसँगको युद्धका कारण ट्रम्पको विदेश नीतिसम्बन्धी अन्य प्राथमिकताहरू प्रभावित भएको देखिएको छ। द्वन्द्व चर्किँदै जाँदा विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने र त्यसको असरस्वरूप अमेरिकामा तेलको मूल्य बढ्ने जोखिम पनि बढेको छ।

यस विषयमा प्रतिक्रिया लिन बीबीसीले वासिङ्टनस्थित चिनियाँ दूतावाससँग सम्पर्क गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट