Techie IT
२०८३ वैशाख २३, बुधबार

तेल अवीवमा इरानको मिसाइल वर्षा: दुईको मृत्यु, भवनहरूमा ठूलो क्षति


मंगलबार राति इरानले तेल अवीवसहित आसपासका क्षेत्रमा व्यापक मिसाइल आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

इजरायलको एम्बुलेन्स सेवाका एक आपतकालीन कर्मचारीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै आक्रमणपछि एउटा भवनबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको बताए।

उनका अनुसार घटनास्थलमा ठूलो भौतिक क्षति पुगेको छ भने धेरै भवनका सिसाहरू फुटेका अवस्थामा फेला परेका छन्।

उनले भने, “हामीले दुई जनालाई भेट्यौँ, जसको नाडी चलेको थिएन र उनीहरू सास पनि लिइरहेका थिएनन्। उनीहरूको शरीरमा गम्भीर चोट देखिएको थियो।”

पछि चिकित्सकहरूले तेल अवीवको पूर्वी क्षेत्रमा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन्। दुवै जनाको शरीरमा मिसाइलका टुक्रा लागेर गम्भीर चोट लागेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट