Techie IT
२०८२ वैशाख २५, बिहीबार

मिसाइल आक्रमण पछि पन्जाब प्रान्तमा विद्यालय बन्द, परीक्षा स्थगित


भारतको ‘अपरेशन सिन्दूर’ पछिको उच्च तनावका बीच पाकिस्तानको पञ्जाब प्रान्तमा सबै विद्यालयहरू बन्द गरिएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै मुख्यमन्त्री मरियम नवाज शरीफले सम्पूर्ण शिक्षण संस्था अस्थायी रूपमा बन्द गर्ने निर्णय लिएकी हुन् ।

अलजजिराको रिपोर्ट अनुसार, विश्वविद्यालय र कलेजस्तरका परीक्षाहरू समेत स्थगित गरिएका छन् भने अन्तर्राष्ट्रिय बोर्डद्वारा सञ्चालन हुने परीक्षा भने यथावत् हुने जनाइएको छ ।

२२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको थियो । भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ, जसमा पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मिरका क्षेत्रहरू लक्षित गरिएको छ ।

रोयटर्सका अनुसार, पाकिस्तानका सीमावर्ती क्षेत्रमा भीषण गोलाबारी र विस्फोटका घटनाहरू देखिएको उल्लेख छ । भारतले आक्रमणलाई आतंकवादी संरचना विरुद्धको कारबाही भनेको छ भने पाकिस्तानले आमनागरिकलाई लक्षित गरिएको दाबी गर्दै आक्रोश व्यक्त गरिरहेको छ ।

स्थिति थप बिग्रँदै जाँदा दुवै देशका नागरिकहरूमा त्रास फैलिएको छ । पाकिस्तानको आन्तरिक सुरक्षालाई लिएर विद्यालय बन्द गर्नु सरकारको प्राथमिक प्रतिक्रिया मानिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट