Techie IT
२०८३ कार्तिक २, आइतबार

दसैँका सामान ल्याउन तातोपानी नाका ३ दिनका लागि खुल्यो


यो दसैँका लागि आवश्यक सामग्री भित्र्याउन चीनसँग जोडिएको उत्तरी तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र तिब्बत (सिचाङ) बाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले ३ दिनका लागि मात्रै नाका खोलेको हो।

गत भदौ १५ गतेदेखि चीनले अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। नाका अचानक बन्द हुँदा व्यापारीहरूका अर्बौँ मूल्य बराबरका सामान सीमापारि नै रोकिएका थिए।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा नेपाल प्रवेश गर्ने कन्टेनरहरूको लामो लाइन लागेको छ। उहाँका अनुसार चिनियाँ क्षेत्र न्यालममा मात्रै ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट