Techie IT
२०८२ श्रावण २, शुक्रबार

जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि के भने डाक्टरले ?


अमेरिकी पूर्वराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता जो बाइडेनलाई स्टेज ४ प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।

उनको सचिवालयले आइतबार वक्तव्य जारी गर्दै ८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो । बाइडेन केही समयदेखि पिसाबमा समस्या भोगि रहेका थिए । यही समस्याको जाँच गर्न गएका बेला प्रोस्टेट ग्रन्थिमा सानो गाँठो देखिएको थियो । त्यसपछि गरिएको थप परीक्षणमा गाँठो तिब्र गरिमा फैलिने प्रकृतिको रहेको र यो स्टेज ४ मा पुगिसकेको पुष्टि भएको हो ।

“यो क्यान्सर हर्मोन प्रति अत्यन्त संवेदनशील छ र औषधीमार्फत नियन्त्रण गर्न सकिने खालको हो,” बाइडेनको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । न्युयोर्क टाइम्स अनुसार, बाइडेनको क्यान्सर प्रोस्टेटबाट शरीरका अन्य भागहरू — विशेषतः हड्डीहरूमा फैलिसकेको चिकित्सकहरूले बताएका छन् । यद्यपि, विशेषज्ञहरूले यस प्रकारको क्यान्सरको औषधी उपचारले बिरामीको आयु ५ देखि १० वर्षसम्म लम्ब्याउन सकिने बताएका छन् ।

ड्युक युनिभर्सिटीका डा. जड मौलका अनुसार, “अहिलेको औषधी र प्रविधिले यस्तो अवस्था भएका बिरामीलाई पनि दीर्घजीवी बनाउन सहयोग पुर्‍याइरहेको छ ।” हाल बाइडेन र उनका परिवार विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग परामर्श गर्दैछन् । निकट स्रोतहरूका अनुसार, किमोथेरापी, हर्मोन थेरापी वा इम्युनोथेरापी जस्ता विकल्पबारे छलफल भइरहेको छ ।

ट्रम्प र कमला ह्यारिसको प्रतिक्रिया
उनको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो दुःख व्यक्त गरेका छन् । उनले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “हामी राजनीतिक प्रतिस्पर्धी हौं, तर यो मानवीय विषय हो । म उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।”

पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनलाई एक “बलियो मानसिकता भएका व्यक्ति” भन्दै स्वास्थ्य लाभको कामना गरेकी छन् । उनले भनिन्, “जो बाइडेनले जति संकट देख्नुभएको छ, उहाँ त्योभन्दा बलियो व्यक्ति हुनुहुन्छ । उहाँ यसलाई पनि पार गर्नुहुनेछ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट