Techie IT
२०८३ मंसिर १, सोमबार

६ सय मिटर तल खस्यो रारा जाँदै गरेको जीप, तीनजनाको मृत्यु


मुगुमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट मुगुको प्रसिद्ध पर्यटकीय क्षेत्र रारा आउँदै गरेको बाग्मती प्रदेश ०१–०२७ च १८६४ नम्बरको पर्यटक बोकेको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार दुर्घटनामा परी जीपमा सवार पाँचजनामध्ये तीनजनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा काठमाडौंको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।

उक्त दुर्घटनामा परी जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। घाइते दुवै जनाको अहिले जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट