Techie IT
२०८३ मंसिर १, सोमबार

राइजिङ स्टार्स एसिया कप: सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा


कतारमा आयोजना हुने ‘राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिता’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने यस प्रतियोगिताका लागि सन्दीपको नेतृत्वमा अन्तिम टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव समेटिएका छन्।

कस्तो छ नेपालको समूह र खेल तालिका?
प्रतियोगितामा नेपाल ‘बी’ समूहमा परेको छ। यस समूहमा नेपालसँगै चिरप्रतद्वन्द्वी भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। त्यस्तै, समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्ना ‘ए’ (युवा) टोली सहभागी गराउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोलीमै प्रतिस्पर्धा गर्नेछन्। यूएईले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नेछ। त्यसपछि नेपालले नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ को सामना गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।

यसअघि नेपाल एसीसी प्रिमियर कपको उपाधि उचाल्दै यसै प्रतियोगितासँगै एसिया कपका लागि समेत छनोट भएको थियो। सोही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको यूएई र तेस्रो स्थानमा रहेको हङकङले पनि यस प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट