Techie IT
२०८३ मंसिर १, सोमबार

प्रहरीकै अगाडि ग्याङफाइट, भिडियो भाइरल बनेपछि ६ जना पक्राउ


कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमै कुटाकुटमा उत्रिएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार सामान्य झै–झगडाको विषयलाई लिएर वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबिच हात हालाहाल भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५ जना र वडा नम्बर १७ का १ जना रहेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार तथा भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली छन्।

प्रहरी कार्यालय परिसरमै दुई पक्षबिच कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। प्रहरीले विवादमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट