Techie IT
२०८३ मंसिर १, सोमबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठको औपचारिक समापन हुँदै


सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सप्तमी) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ। यससँगै चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन हुँदैछ।

कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत तोड्ने र पर्व समापन गर्ने परम्परा छ।

यतिबेला छठ मनाइने तराई–मधेसका विभिन्न जिल्लासहित काठमाडौँ उपत्यका र देशभरका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालु तथा श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको छ। छठ पर्वका लागि देशभरका छठ घाटहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ।

यसैबिच, सरकारले छठ पर्वको अन्तिम दिन आज पनि देशभर सार्वजनिक बिदा दिएको छ। यसअघि छठको मुख्य दिन (षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन) मात्र बिदा दिँदै आएको सरकारले यस वर्ष पहिलो पटक उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन (सप्तमी) मा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट