आज पहाडी र तराईका क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान आसपास र पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र मधेस प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोको मौसम
देशका हिमाली तथा पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस र कोशी प्रदेशको तराईमा आंशिक बदली हुनेछ। हिमाली भूभागका केही र पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको अनुमान गरिएको छ। लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज रातिको मौसम
राति देशका हिमाली, पहाडी र अधिकांश तराई भूभागमा साधारणतया बदली रहनेछ। हिमाली भूभागका थोरै र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस