नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द
लगातारको अविरल वर्षाका कारण पहिरो र दुर्घटनाको जोखिम उच्च भएपछि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै शनिबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि यस सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
चितवन, धादिङ लगायतका आसपासका जिल्लाहरूमा भारी वर्षा भइरहेको र मौसम पूर्वानुमान महाशाखाले अझै वर्षा बढ्ने प्रक्षेपण गरेपछि प्रशासनले यो कडा कदम चालेको हो। सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाबाट मानवीय क्षति हुन नदिन रात्रिकालीन सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला सुरक्षा समिति चितवनले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा यात्रा नगर्न र सवारीसाधन नलगाउन अनुरोध गर्दै यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
आपत्कालीन सम्पर्क नम्बरहरू:
नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल: १११४
जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC): १२३४
सूचना अधिकारी (जिल्ला प्रहरी कार्यालय चितवन): ९८५५०१३९९९




तपाईको प्रतिक्रिया दिनुहोस