भोटेकोशी नदीमा बाढी पुन: बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
आज राति जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी नदीमा बाढी पुन: बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) का बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
प्रहरीले राति ८:५४ बजे उक्त सूचना सार्वजनिक गर्दै स्थानीयवासीलाई गम्भीर सावधानी अपनाउन आग्रह गरेको हो। बाढीको जोखिम उच्च रहेकोले त्रिशूली नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित हुन महाशाखाले अपिल गरेको छ। यस सम्बन्धमा थप विवरण आउने क्रममा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस