Techie IT
२०८३ असोज २८, बुधबार

टिमुरेमा चमत्कारिक उद्धार, दुई दिनपछि माटोमुनिबाट बालिको सकुशल उद्धार


रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढीपहिरो गएको दुई दिनपछि सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

शुक्रबार साँझ करिब सवा बजे टिमुरे क्षेत्रमा खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खटिएर उनको उद्धार गरेको हो। सीमा सुरक्षा चौकी टिमुरेबाट सहायक प्रहरी निरिक्षकको कमाण्डमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेर चौकीमा ल्याएको थियो।

उद्धार गर्दा बालिका गम्भीर तथा अचेत अवस्थामा थिइन् । तत्काल चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ।उनको स्वास्थ्य अवस्था कमजोर भएकाले हेलिकप्टरमार्फत अन्यत्रै लगेर उपचार गर्ने पहल भइरहे पनि रातिको समय भएकाले तत्काल उडान सम्भव हुन सकेको छैन । बाढी र पहिरोले तहसनहस बनाएको टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले उच्च जोखिमका बीच पनि आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट