Techie IT
२०८२ मंसिर २७, शनिबार

कारागारमा थुनुवा झुण्डिएको अवस्थामा मृत फेला


जाजरकोट जिल्ला कारागारमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आइतबार बिहान भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माका अनुसार बुढा कारागारभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी शर्माले भने । 

बुढा जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका थिए। उनीमाथिको मुद्दामा अदालती फैसला आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।   
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट