Techie IT
२०८३ भाद्र १६, मंगलबार

सरकारद्वारा बाढी पहिरो प्रभावित यी क्षेत्र विपद् संकटग्रस्त घोषणा


सरकारले हालैका बाढी र पहिरोका कारण अत्यधिक प्रभावित भएका जिल्लाका स्थानीय तहहरूलाई "विपद् संकटग्रस्त क्षेत्र" घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट बढी क्षति भएका जिल्लामा यस घोषणा गरेको हो। एक मन्त्रीका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायतका प्रभावित क्षेत्रहरूलाई यो निर्णयले समेटेको छ।

१४ जिल्लामा विपद् संकटग्रस्त क्षेत्र घोषणा

मन्त्रिपरिषद् बैठकको निर्णयअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो। यस सिफारिसको आधारमा सरकारले ती जिल्लाका स्थानीय तहहरूमा यो निर्णय लिएको हो।

यो घोषणासँगै सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रहरूको पुनर्निर्माण, उद्धार र राहतका कामहरूलाई तीव्रता दिनेछ। साथै, विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन परिचालन गरी पीडित जनतालाई तात्कालिक राहत उपलब्ध गराउने योजनामा सरकारले जोड दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट