गर्मीसँगै सर्पको त्रास: रौतहटमा दुई जनाको मृत्यु

रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ । गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ।
पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो ।
रिंकु देवीलाई आज बिहान घरअगाडि बाटोमा थुपारिएको माटो निकाल्ने क्रममा विषालु सर्पले डसेको थियो। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हालसम्म कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन। त्यस्तै दुईदिन अघि ईशनाथ नगरपालिका–६, पलटुवा टोलमा सर्पदनस बाट एकजनाको मृत्यु भएको थियो। स्थानिय सरफुद्दीन भाइका जेठो छोरा कमरुदिन सर्पदंशको शिकार भएका थिए।
घटनाबारे विस्तृत विवरण नआए पनि डसाइपछि उनको ज्यान गएको पुष्टि भएको छ। यी दुई घटनाले रौतहट जिल्लामा सर्पदंशको जोखिम गम्भीर बन्दै गएको संकेत गर्छ। स्थानीय बासिन्दा चिन्तित छन् भने स्वास्थ्य तथा सुरक्षा निकायलाई थप सक्रियता देखाउनुपर्ने अवस्था आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस