Techie IT
२०८३ असोज ३०, शुक्रबार

अन्तिम मतदाता नामावली सार्वजनिक, कति पुगे मतदाता ?


निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ। अद्यावधिकपछि कायम भएको नयाँ नामावलीअनुसार देशभर कुल मतदाताको सङ्ख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ।

जसमा पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन्। अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तुलनामा यसपटक कुल १ लाख ८७ हजार ६८६ मतदाता थपिएका हुन्।

आयोगले २०८२ चैत २२ देखि २०८३ भदौ १५ गतेसम्म नियमित नाम दर्ता, विवरण संशोधन, ठेगाना स्थानान्तरण र दोहोरो/मृतकको नाम हटाउने कार्य सञ्चालन गरेको थियो। सो अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जना नयाँ मतदाता थपिएका थिए भने ३९ हजार ८० जनाको नाम हटाइएको थियो।

त्यसपछि असोज १ गते प्रकाशित प्रारम्भिक नामावलीउपर परेका दाबी–विरोध, विवरण जाँचबुझ र अद्यावधिकका क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ। नाम हटाइएकाहरूमा मृत्यु भएका ४५ हजार ३२२ जना तथा दोहोरो नाम, नागरिकता त्याग वा रद्द भएका १ लाख ५८ हजार २६४ जना रहेका छन्।

सार्वजनिक गरिएको अन्तिम मतदाता नामावली आयोगको आधिकारिक वेबसाइट (www.election.gov.np) मा हेर्न सकिनेछ। सर्वसाधारणको सहज पहुँचका लागि सातै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहगत रूपमा सङ्ख्यात्मक विवरण वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट