विदेशी मुद्राको विनिमय दरमा उतारचढाव, अमेरिकी डलर र युरोको मूल्य फेरि उकालो

बिहीबार बिहानैदेखि विदेशी मुद्राको बजारमा फेरि एकपटक उतारचढाव देखिएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विनिमय दर अनुसार प्रमुख मुद्राहरूको मूल्य वृद्धि भएको छ।
भारतीय रूपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। अमेरिकी डलरको दर फेरि बढ्दै एक डलरको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा कायम गरिएको छ। मंगलबारको तुलनामा डलरको मूल्यमा केही वृद्धि देखिएको हो।
युरोपेली युरोको मूल्य पनि उच्चस्तरमै छ। एक युरोको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा पुगेको छ। बेलायती पाउण्ड अझै महँगो मुद्राका रूपमा रहँदै एक पाउण्ड किन्न १८६ रुपैयाँ ४९ पैसा र बिक्रीमा १८७ रुपैयाँ २९ पैसा लाग्नेछ।
अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ:
स्वीस फ्र्याङ्क: खरिददर १७३.०७, बिक्रीदर १७३.८१
अष्ट्रेलियन डलर: खरिददर ९०.५८, बिक्रीदर ९०.९७
क्यानाडाली डलर: खरिददर १०१.२२, बिक्रीदर १०१.६६
सिङ्गापुर डलर: खरिददर १०८.२६, बिक्रीदर १०८.७३
जापानी येन (१० येन): खरिददर ९.४२, बिक्रीदर ९.४६
चिनियाँ युआन: खरिददर १९.४४, बिक्रीदर १९.५२
साउदी रियाल: खरिददर ३७.२१, बिक्रीदर ३७.३७
कतारी रियाल: खरिददर ३८.२९, बिक्रीदर ३८.४६
थाइ भाट: खरिददर ४.३०, बिक्रीदर ४.३१
युएई दिराम: खरिददर ३८.००, बिक्रीदर ३८.१६
मलेसियन रिङ्गेट: खरिददर ३२.९२, बिक्रीदर ३३.०६
दक्षिण कोरियाली वन (१००): खरिददर १०.०९, बिक्रीदर १०.१४
स्वीडिस क्रोनर: खरिददर १४.४५, बिक्रीदर १४.५१
डेनिस क्रोनर: खरिददर २१.५७, बिक्रीदर २१.६६
हङकङ डलर: खरिददर १७.७८, बिक्रीदर १७.८६
कुवेती दिनार: खरिददर ४५६.९५, बिक्रीदर ४५८.९१
बहराइन दिनार: खरिददर ३७०.२४, बिक्रीदर ३७१.८३
ओमानी रियाल: खरिददर ३६२.५४, बिक्रीदर ३६४.०९
नेपाल राष्ट्र बैंकले यस्ता विनिमय दरहरू समय अनुसार परिवर्तन हुने जनाउँदै, अन्तिम कारोबारका लागि सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइट हेर्न उपयुक्त हुने सुझाव दिएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक हुनसक्ने जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस