Techie IT
२०८३ जेष्ठ १०, आइतबार

सिवाईसी नेपाल लघुवित्तको चौथो त्रैमासिकमा नाफा तीनगुना, वित्तीय सूचकमा उल्लेखनीय सुधार


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय प्रगति गर्दै उत्साहजनक नतिजा सार्वजनिक गरेको छ।

संस्थाले समीक्षा अवधिमा ११ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २०८.४४ प्रतिशत वृद्धि हो। गत वर्ष यसै अवधिमा नाफा ३ करोड ८० लाख रुपैयाँ थियो।

प्रमुख वित्तीय उपकरण 
खुद ब्याज आम्दानी: ४५ करोड ३ लाख रुपैयाँ (४१.२९% वृद्धि)

संचालन आम्दानी: ४९ करोड ९४ लाख रुपैयाँ

संचालन मुनाफा: १६ करोड २७ लाख रुपैयाँ

संचालन खर्च: ३३ करोड ६७ लाख रुपैयाँ

रिटेन्ड अर्निङ्स २ करोड ३३ लाखबाट बढेर ११ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोष पनि ३५ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जसले पूँजी सुदृढीकरणमा महत्वपूर्ण टेवा दिएको विश्लेषणकर्ताहरूको भनाइ छ। हालसम्म सिवाईसीले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।

खराब कर्जाको अनुपात पनि घट्दै गएको छ — अघिल्लो वर्षको ४.९५ प्रतिशतबाट घटेर अहिले ४.५४ प्रतिशतमा झरेको छ। इम्पेयरमेन्ट चार्जका लागि २ करोड २ लाख रुपैयाँ छुट्याइएको छ भने वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ कायम भएको छ।

प्रमुख वित्तीय सूचकहरू
प्रतिसेयर आम्दानी (EPS): ४४.०९ रुपैयाँ

प्रतिसेयर नेटवर्थ: २७७.१७ रुपैयाँ

कुल सम्पत्ति मूल्य प्रति सेयर: २,७६४.८४ रुपैयाँ

P/E अनुपात: ४०.२८ गुणा

तरलता अनुपात: १४.३५ प्रतिशत

वित्तीय सूचकमा देखिएको सुधार र मुनाफामा भएको उल्लेखनीय वृद्धि सिवाईसी नेपाल लघुवित्तको व्यवस्थापनद्वारा अपनाइएको सुधारोन्मुख रणनीतिको सकारात्मक परिणामको रूपमा देखिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट