Techie IT
२०८३ असार ३२, बिहीबार

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


दरमखोला हाईड्रो इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन आज (साउन २९ गते) अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको हो, जसको कुल मूल्य ३९ करोड ५० लाख रुपैयाँ रहेको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल जारी पूँजीको १०–१० प्रतिशत शेयर निष्कासन गरिसकेको छ।

न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन गर्न सकिने छ । सर्वसाधारण लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिने माध्यमहरू:

– नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनीहरूको शाखा कार्यालयहरूबाट

– सिडिएससीको ‘मेरो शेयर’ (Mero Share) अनलाइन प्रणालीमार्फत



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट