आज सुनको मूल्य तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ

आज शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेर आज २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ। सुन र चाँदीको मूल्य बढ्नुले व्यवसायी र उपभोक्तामा उत्सुकता र प्रभाव देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस