Techie IT
२०८३ भाद्र २८, आइतबार

नागरिक लगानी कोषको खुद नाफा १३.७१ प्रतिशतले वृद्धि


नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कोषको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। नाफा वृद्धि कोषको आम्दानी बढ्नु र खर्च घट्नुका कारण भएको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेको छ भने सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशतले वृद्धि भएको छ। कुल आम्दानी ८.९६ प्रतिशतले बढेको छ भने खर्च ६.७७ प्रतिशतले घटेको छ।

यद्यपि, नाफा बढ्दा पनि कोषको प्रतिशेयर आम्दानी भने घटेर १ रुपैयाँ ४१ पैसा कमेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य–आम्दानी अनुपात १०२.१५ गुणा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।

६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट