Techie IT
२०८३ कार्तिक १५, शनिबार

प्रधानमन्त्री बालेनको निर्देशनमा राज्य आतङ्क सिर्जना गरियो: प्रमुख सचेतक महर


नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले पक्राउ पुर्जीबिनै पत्रकारहरूलाई नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन्। प्रहरीको उक्त कदमलाई उनले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र 'राज्य आतङ्क'को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै प्रमुख सचेतक महरले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को निर्देशनमा प्रहरीले नेपाल प्रेसको कार्यालयमै प्रवेश गरी पत्रकार विश्वमणि सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाएका छन्।

पत्रकारलाई तर्साउने र प्रेसको मुख बन्द गराउने प्रयास लोकतान्त्रिक व्यवस्थाविरुद्धको कदम भएको उनको भनाइ छ। सरकार निरङ्कुश र तानाशाही बाटोतर्फ अघि बढिरहेको आरोप लगाउँदै उनले यस्ता गतिविधिले विधिको शासन, कानुनी राज्य र संविधानको मर्ममाथि गम्भीर प्रहार गरेको बताएका छन्।

“सरकारबाट भएका यी सबै कार्य घोर भर्त्सनायोग्य छन्। यसको निन्दा गर्दै अविलम्ब यस्ता गतिविधि बन्द गर्न सरकारलाई चेतावनी दिन चाहन्छु” महरले लेखेका छन्।

महरले सरकारको यस्तो कदमविरुद्ध चुप लागेर नबस्न र लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता एवम् संविधानको रक्षाका लागि आवाज बुलन्द गर्न आम नागरिक तथा लोकतन्त्रवादी शक्तिहरूसँग अपिलसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट