मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित, कति छ मूल्य?

सरकारले २०८२ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालय र निकायसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार सिंहलाई १५ देखि २१ गतेसम्म स्विट्जरल्यान्ड भ्रमणको अनुमति दिएको छ। त्यस्तै, अर्थ मन्त्रालयमार्फत फिलिपिन्समा हुने एशियन अर्गनाइजेशन अफ सुप्रिम अडिट इन्स्टिच्युसन्स (ASOSAI) को कार्यक्रममा उपमहालेखापरीक्षक बिन्दु विहारीलाई सहभागिताको स्वीकृति प्रदान गरिएको छ।
दक्षिण कोरियाबाट प्राप्त १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) अनुदान सहयोगमा प्राविधिक शिक्षा विकास परियोजनाका लागि सहमति दिइएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य ३४५६ रुपैयाँ र मध्यम धानको ३६७३ रुपैयाँ तोकिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्रीलाई दक्षिण कोरियामा हुने ग्लोबल इनफ्रास्ट्रक्चर कोअपरसन कन्फरेन्समा सहभागी हुन अनुमति दिइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी नियमक प्राधिकरणको रिक्त सदस्यमा डा. रमेश प्रसाद चौलागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, बाजुरा, तेह्रथुम लगायतका जिल्लामा सरकारी जग्गा प्रयोग गरी कार्यालय तथा स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न स्वीकृति दिइएको छ।
यसअघि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई फिलिपिन्समा हुने एशिया-प्यासिफिक रोड सेफ्टी कन्फरेन्सको मन्त्रीस्तरीय गोलमेच सत्रमा सहभागी हुन स्वीकृति दिइएको छ। रक्षा मन्त्रालयलाई नेपाली सेनाका एकजनालाई उपरथीको बैदेशिक भ्रमण अनुमति प्रदान गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई ब्राजिलमा हुने सेकेन्ड ग्लोबल सम्मिट अफ द स्कूल मिल्स कोअलिशन कार्यक्रममा सहभागी हुन स्वीकृति दिइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न व्यवसायिक तालिम केन्द्रहरूको आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई ICAO को ४०औं सभामा सहभागी हुन अनुमति दिइएको छ।
साथै, राष्ट्रिय समाचार समितिका महाप्रबन्धकमा रीक पञ्चथरलाई नियुक्त गर्ने, सार्वजनिक पूर्वाधार व्यवस्थापन र मर्मतसम्भारसम्बन्धी सेवा खरिदका निर्देशिका २०८२ स्वीकृत गर्ने, तथा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (AI) नीति २०८२ पारित गर्ने निर्णय गरिएको छ।
नाउढुङ्गा सुरुङ मार्गको दस्तुर यस प्रकार तोकिएको छः
कार / जीप / भ्यान: काठमाडौं आउँदा रु. १६५, जान्दा रु. १६०
मिनी बस / ट्रक: काठमाडौं आउँदा रु. २१५, जान्दा रु. २००
बस / ट्रक: काठमाडौं आउँदा रु. २६०, जान्दा रु. २००
भारी उपकरण: काठमाडौं आउँदा रु. ६००, जान्दा रु. ५२०


तपाईको प्रतिक्रिया दिनुहोस